स्व. मदनभण्डारी ः एक झल्को
नेपाली भाषामा
एउटा उखान छ–‘मरेको छोराको आँखा ठूलो’ जीवित छउन्जेल छोरो जतिसुकै नालायक,
दृष्ट र आमा बाबु, कूल कुटुम्ब, छिमेकलाई पीरपिराऊ गर्ने किन नहोस् ऊ असमयमै दिवंगत भयो भने
आमा बाबुको सम्झनामा ऊ ठूलठूला आँखा गरेको सुन्दर र गुणी मात्र बाँकी रहन्छ ।
उनीहरू जीवनभर उसको गुनैगुन मात्र सम्झिएर खोप गरिरहन्छन् । उसका सम्पूर्ण बैगुन,
दुष्टयाइँहरू ओझेल पर्छन् । समाजको अधिकांश छोराहरूमाथि यो
उक्ति लागू भए पनि कुनै कुनै छोरा अपवाद पनि हुन्छन् । उनीहरू आमा बाबाको सम्झनामा
मात्र नभएर यथार्थमै पनि ठूलो आँखा भएको नै हुन्छन् । अर्थात् उ मरेर गएकोले मात्र
ठूला आँखा भएको होइन, बाँचेकै भए पनि ठूला आँखा भएकै सिस हुनसक्थ्यो भनेर ।
विश्वास गर्न सकिन्छ । अनि उसमाथि नेपाली भाषाकै अर्को उखान पनि लागू हुनसक्छ–’हुने विरुवाको चिल्लो पात’ । स्व. मदन भण्डारी एकजना त्यस्तै कोटीको राजनेता थिए । ऊ
मरेर गएकोले मात्र ‘ठूला आँखा’ भएको देखिएको होइन, जीवनकालमै भलै त्यो उसको जीवन काल अत्यन्त अल्प थियो ।
चिल्लो पात, गरेको बिरुवा देखिएको थियो । उसमा राजनीतिक जीवनका अल्प समयमा नै नेतृत्व
कुशलता दूरदर्शिता सिद्धान्तनिष्ठा त्यसलाई समय सापेक्ष रूपमा प्रस्तुत गरेर
अरुलाई सहज रूपमा विश्वस्त तुल्याउन सक्ने अद्भूत क्षमता थियो उसमा । उसले आफ्नो
यस क्षमतालाई सक्रिय राजनीतिक जीवनको अल्पसमयमा नै नोलो प्रकाशका रूपमा फैलाएको
थियो । उसले साम्यवादको रुढपक्षलाई परिमार्जन गरेर समय सापेक्ष ’नौलो जनवाद’ को अवधारणालाई अघि सारेर आफ्नो दलभित्र त्यसलाई स्थापित
गराएको थियो ।
तर उसले आफ्नो
यस नेतृत्वको प्रखर प्रकाशलाई अझ बिस्तृत दिन नपाउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय
कुचक्रको शिकार बनेर असमयमै (जीवनको अतिअल्प भोगाई भोगेर) अस्त भयो,
देश र जनता एउटा कुशल र प्रखर नेतृत्वको मार्गदर्शनबाट
बञ्चित भयो । वामपन्थी राजनीतिमा लागि एउटा अपूरणीय क्षति सावित भएको छ यो घटना ।
मदन भण्डारीसँग
मेरो त्यति आत्मीय निकटता त हुन पाएको थिएन । किन भने मैले कुनै खास भण्डा बोक्ने
सक्रिय राजनीतिलाई धेरै अगाडि छोडिसकेको थिएँ र एउटा निष्ठाका रूपमा मात्र
वामपन्थी आस्थासँग निकट थिएँ, (आजको वाम आन्दोलनलाई आलोचनात्मक आँखाले हेर्ने) तर कुनै
वस्तु वा व्यक्तिमा अन्तरनिहित प्रकाश वा उर्जाले त मानिसलाई टाढैबाट पनि आकृष्ट
गर्छ नै । मदन भण्डारीमा निहित जनवादी नेतृत्व क्षमता र उसमा भएको निष्ठाले मलाई
टाढै रहेर पनि प्रभावित तुल्याएको थियो । म परोक्षमै उसप्रति आत्मियता र निकटताको
अनुभव गर्न थालेको थिएँ । ममा उसप्रति एउटा विश्वास पलाएको थियो । ‘अब भने मुलुकको जनवादी आन्दोलनले सही दिशा पाउला कि ?
यसले निर्दिष्ट लक्ष्य भेट्ला कि ?’
मदनको सरल
जीवन शैली, चिन्तन प्रक्रिया र त्यलाई प्रस्तुत गर्ने प्रभावकारी शैली (पुष्पलाल र मनमोहन
पछिको) प्रति म परोक्षमै प्रभािवत थिएँ र कुनै दिन प्रत्यक्ष संवाद गर्ने,
भेटघाट र विचारको आदानप्रदान गर्ने मेरो एउटा धोको पनि थियो
। तर मेरो अति संकोची (कसैसँग हतपत्ति नजिकिन नसक्ने अर्थमा,
जसलाई कसैले आत्म केन्द्ीत र अहंवादीका रूपमा पनि हेर्ने
गरेका छन्) स्वभावका कारणले म यसमा अघि बढ्न सकिरहेको थिइँन ।
हुन त म
बामपन्थी राजनीतिको टुक्रिएका भण्डाहरू मध्ये कुने पनि झण्डा मुन्तिर थिइँन र मेरा
लागि ती सबको संयुक्त (भलै कल्पनामै होस्) आस्था नै मेरो चाहना थियो । त्यसैले म
ती टुक्रिएका भाईहरूका माझ संयुक्त दाजुकै रूपमा स्वीकृत थिएँ । त्यसैकारण मलाई
त्यस परिवार (वामपन्थी)ले पनि कहिल्यै आफूबाट पृथक हेरेको छैन । (मैले पनि आफूलाई
समग्र रूपमा उनीहरूबाट अलग हेरेको छैन) यसै अभिन्नताको भावनाले (समष्टिमा वाम
आस्थाको निकटताको भावनाले) मलाई प्रजातन्त्र पुर्नवहाली पछिको पहिलो आम निर्वाचनमा
विजय भएपछि मदनकुमार भण्डारीको विजय जुलुस (शोभा यात्रा)मा भाग लिन भनेर मलाई
विशेष रूपमै आमन्त्रण गरियो ।
यसरी म
मदनकुमार भण्डारीसँग यसै विजय जुलुसमा पहिलो पल्ट प्रत्यक्ष रूपमा परिचय गर्न
पुगें,
जोरपाटीदेखि बौद्धनाथ हुँदै चुच्चेपाटी,
महांकाल, चावहिलसम्मको यस विजय जुलुसमा सँगै निरिएर हिंड्दा मेरो
उनीसँग विशेष वैचारिक कुराहरू छलफलहरू त हुन पाएन् वातावरण नै थिएन त्यो । तर एक
डेढ घण्टाको त्यस सहयात्रामा ममा परेको उनको प्रभाव चाहिं के थियो भने उनी साह्रै
साधा जीवन शैलीका एकजना प्रबुद्ध, सभ्य र विनम्र नेता थिए । वाम नेताहरूमा मनमोहन अधिकारीपछि
(अरुसँग त त्यति नजिकबाट चिन्ने र चिनिने अवसर पनि पाइँन) का प्रभावशाली र परिपक्क
उनैलाई पाएँ । त्यसैले उनीसँगको सहयात्रालाई मैले आफ्नो जीवनमा घटित अविष्यमणीय
घटनामध्येकै एउटा घटनाका रूपमा लिएँ ।
त्यसपछि
मदनसँगको मेरो दोस्रो अनि त्यस्तै लघु साक्षत्कार चाहिं बौद्ध नेपालजित लामा
कहाँको विहा भोज– कसको ? उसैको हो कि उसको भाईको ? को अवसरमा भएको थियो । तर यो पनि मेरो कुनै उद्देश्य र
विशेष घेटघाट नभएर एउटा सार्वजनिक भेटघाट थियो । बिहा भोजको भीडमा त्यतिखेर पनि
मेरो उनीसँग कुनै वैचारिक सैद्धान्तिक कुराहरू हुने कुरा भएन । त्यस्तै सामान्य
भलाकुसारी परिचयको नवीकरण मात्र थियो । एक घण्टा जतिको यस भेटघाटमा केही विशेष भयो
भने त्यो थियो सँगै बसेर खानु । मदनजी दलका माथिल्ला श्रेणीका नेता भएकाले उनी
हतारहतार गरेर गई पनि हाले राजनीतिक कामबाट धेरै समय अरु कुरामा खर्च गर्ने सुविधा
पनि थिएन होला उनलाई ।
यसरी दुई दुई
पल्ट भेट हुँदा पनि सामान्य परिचय र सामान्य कुराकानी विचार विमर्श गर्ने मन खोलेर
राजनीतिक छलफल गर्ने स्थिति भएन मेरो त्यसपछि त २०५० साल जेठ ३ को अप्रिय घटना
भनौं कुनै दुष्ट कुचक्रीको कालो षड्यन्त्री चक्रमा परेर उनले आफ्नो जीवन यात्रा
टुंग्याए । उनले देश र जनताप्रति स्वेच्छाले उठाएको कर्तव्य र दायित्वलाई अधुरै
छोडेर देशका लाखौं लाख जनतालाई धुरुधुरु रुवाउँदै विना मेघको वर्षात् जस्तै
धर्तिमा बिलाए ।
त्यति खेर
उनको प्राण रहित कार्यलाई आर्यघाटको पुनित गंगामा विसर्जन गर्न ल्याउँदाको
अभूतपूर्व दृश्य आदिले पनि मेरा स्मृतिको पटमा स्पष्टसँग उत्कीर्ण छुन्छ । ओ त्यो,
राजधानी उपत्यकाबाट मात्र होइन,
मुलुकका धेरै खुटबाट उर्लिएको अपार जनसमुद्रको छालमा
उर्लिदै थचरिँदै बल्लतल्ल आर्यघाट पारिको श्लेषमान्तक वनको काखमा स्थित एघार
शिवालयको सिढीमा बल्लतल्ल ागेडा टेकाएर उनको पार्थिव शरिर धूँवाका रूपमा ऊध्र्व
गमन गरेको दृश्य त्यस दृश्यले आँखामा आँसु नछल्कने मानिस त प्रायाण मूर्ति नै
हुँदो हो । विरोधी शत्रु दलका मान्छेका आँखा पनि टल्पलाएको देखिएको थियो ।
राजनीति
फाँटको एउटा यस्तो सक्षम नेतृत्व दिन सक्ने गम्भीर तेजस्वी र परिपक्व बौद्धिक र
दूरदृष्टि भएको सूर्य (व्यक्तित्व) को यसरी असमयमै अस्त भएपछि देशले जुन भुक्तमान
भोग्दै आएको छ, त्यो आज सबैका सामू छर्र्लंग छ । उसको यस्तो अति सम्वेदनशील अवसानपछि उसको
उत्तराधिकार लिने नेतृत्वले आफ्नो अस्थिर अदर दर्शदृष्टि,
चरित्र, सत्ता लोलुप र सुधिवा भोगी प्रवृत्तिले देश र जनताको सपना
इच्छा आकांक्षालाई प्रतिदिन भग्न तुल्याउँदै दशेको जनताको सार्वभौम अधिकारलाई समेत
कुन अन्धकार दाशताको भुंखारोतिर धकेल्दो छ– यो आज घामजस्तै छर्लंग अनि आज दिग्न्तमा एउटै आवाज,
एउटै ध्वनी फुटेझैं आभाष हुन्छ । आज दशेको राजनीतिक धरातलमा
दृढ चरित्र, देश र जनतामा पूर्ण समर्पित निर्लोभि सुक्ष्म दृष्टियुक्त प्रखर उच्च
चिन्तनवाला शायद मदनजस्तै चकेलिँदैथ्यो होला ।
ताप्लेजुङ जस्तो विकट जिल्लाको ढुङ्गेसाँघु गाविसको वडा नं. ९ को ठोट्ने गाउँमा वि.सं. २००९ साल असार १४ गते शुक्रबार राति १२ बजे तिर पिता देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिलो पुत्ररत्नका रूपमा एव्र तेस्रो सन्तान भएर मदन भण्डारीको जन्म भएको हो । छ भाइ दाजुभाइ मध्ये उनी माहिला हुन् । उनकी एक दिदी र चार बहिनीहरू थिए । उनको न्वारानको नाम मोतिराज हो तर सानामा सबैले उनलाई मोतिलाल भन्दथे । राजनीतिमा लाग्दा उनका नामहरू झण्डै एकदर्जन जति छन् तिनमा सागर, श्वेत शार्दुल, बर्बरिक, राजमोती, भीष्म, जीवन, सङ्ग्राम सिंह, एस.एस., बी.बी.आर., भीम अधिकारी । साहित्यिक नाम भने मकुभ पखेली, हलिदाइ, काँल्दाइ आदि रहेका थिए भन्ने कुरा प्रकाशमा आएका छन् । उनको नागरिकताको नाम भने मदनकुमार भण्डारी हो
मदन भण्डारीको प्रारम्भिक शिक्षा टुनीबोटेको हिँउँदे स्कूलबाट सुरू भइ ठोट्ने प्रा.वि. बरडाँडा ताप्लेजुङबाट अघिबढेको हो । माध्यमिकस्तरको पढाइ ताप्लेजुङ को फुङ्लिङ गाविस-२ मेदिबुङमा अवस्थित बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा भएको हो । यस गाविसमा उनले कक्षा ६ देखि पुर्वमध्यमासम्म पढेका हुन् । त्यसपछि उनले उच्च शिक्षा वृन्दावन र बनारसबाट प्राप्त गरेका हुन् । वृन्दावनबाट मध्यमा र शास्त्री बनारसबाट गरेका हुन् । शास्त्री उनले साहित्यमा प्रथम श्रेणीमा उत्तीर्ण गरी आचार्य दोस्रा वर्षम्म अध्ययन गरेका हुन् भनेको पाइन्छ ।
उनको स्थायी बसोबास ढुङ्गेसाघुको ठोट्ने-९ बाट २०२४ सालमा मोरङ जिल्लाको दुलारी गाविस-९, लोचनी घेरावनीमा बसाइँ सरेर आएको र त्यहाँ उनको परिवार २०२८ सालसम्म रही त्यसपछि मोरङकै इटहरा-८ सातमेडीमा रहेको देखिन्छ ।
उनको विवाह २०३९ साल श्रावण २४ गतेका दिन विराटनगरमा नेकपा (माले) को भूमिगत कार्यकर्ताको अवस्थामा नै विद्यादेवी पाण्डे (भण्डारी) सँग भएको हो । उनीहरूका दुइटी छोरीहरू उषा किरण -२०४१ साउन २२) र निशा कुसुम -२०४४ असार १४) को विराटनगरमै जन्म भएको हो । जीवनका अनेकौं उकाली ओरालीहरूपार गर्दै २०५० साल जेठ ३ गते चितवन जिल्लाको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा परी भौतिक शरीर समाप्त गर्न पुगे ।
मदन भण्डारीको जीवनमा एउटा रोचक प्रसङ्ग पनि छ । २०२६/२७ साल तिर बनारस बसेका बेला केही राजनीतिक विषयवस्तु सोध्नका लागि तत्कालीन बनारसवासी मोहन चापागाईंसँग गएका र चापागाईंले यस्ता दारी नै नपलाएका ठिटाले के राजनीति सिक्ने हो - भनेपछि घर फर्केर आई उनले मन्दाक्रान्ता छन्दमा एउटा व्यङ्ग्यात्मक कविता रचना गरेको रोचक प्रसङ्ग मोदनाथ प्रश्रतिले सुनाएको कुरा पनि उल्लेखित भेट्टाइन्छ । त्यो कविताको एक पङ्क्ति यसप्रकार छः "नेता हुन्थे म पनि कि कतै दारी हो उम्र उम्र " यो कविता पूर्ण प्राप्त छैन त्यसको लागि क्षमा चाहन्छु ।
- संकलनः सुमन
ढुंगेल
Comments
Post a Comment