स्व. मदनभण्डारी ः एक झल्को
नेपाली भाषामा एउटा उखान छ –‘ मरेको छोराको आँखा ठूलो ’ जीवित छउन्जेल छोरो जतिसुकै नालायक , दृष्ट र आमा बाबु , कूल कुटुम्ब , छिमेकलाई पीरपिराऊ गर्ने किन नहोस् ऊ असमयमै दिवंगत भयो भने आमा बाबुको सम्झनामा ऊ ठूलठूला आँखा गरेको सुन्दर र गुणी मात्र बाँकी रहन्छ । उनीहरू जीवनभर उसको गुनैगुन मात्र सम्झिएर खोप गरिरहन्छन् । उसका सम्पूर्ण बैगुन , दुष्टयाइँहरू ओझेल पर्छन् । समाजको अधिकांश छोराहरूमाथि यो उक्ति लागू भए पनि कुनै कुनै छोरा अपवाद पनि हुन्छन् । उनीहरू आमा बाबाको सम्झनामा मात्र नभएर यथार्थमै पनि ठूलो आँखा भएको नै हुन्छन् । अर्थात् उ मरेर गएकोले मात्र ठूला आँखा भएको होइन , बाँचेकै भए पनि ठूला आँखा भएकै सिस हुनसक्थ्यो भनेर । विश्वास गर्न सकिन्छ । अनि उसमाथि नेपाली भाषाकै अर्को उखान पनि लागू हुनसक्छ –’ हुने विरुवाको चिल्लो पात ’ । स्व. मदन भण्डारी एकजना त्यस्तै कोटीको राजनेता थिए । ऊ मरेर गएकोले मात्र ‘ ठूला आँखा ’ भएको देखिएको होइन , जीवनकालमै भलै त्यो उसको जीवन काल अत्यन्त अल्प थियो । चिल्लो पात , गरेको बिरुवा देखिएको थियो । उसमा राजनीतिक जीवनका अल्प समयमा नै नेतृत्व कुशलता दूरदर्शिता स