Posts

Showing posts from 2012

स्व. मदनभण्डारी ः एक झल्को

नेपाली भाषामा एउटा उखान छ –‘ मरेको छोराको आँखा ठूलो ’ जीवित छउन्जेल छोरो जतिसुकै नालायक , दृष्ट र आमा बाबु , कूल कुटुम्ब , छिमेकलाई पीरपिराऊ गर्ने किन नहोस् ऊ असमयमै दिवंगत भयो भने आमा बाबुको सम्झनामा ऊ ठूलठूला आँखा गरेको सुन्दर र गुणी मात्र बाँकी रहन्छ । उनीहरू जीवनभर उसको गुनैगुन मात्र सम्झिएर खोप गरिरहन्छन् । उसका सम्पूर्ण बैगुन , दुष्टयाइँहरू ओझेल पर्छन् । समाजको अधिकांश छोराहरूमाथि यो उक्ति लागू भए पनि कुनै कुनै छोरा अपवाद पनि हुन्छन् । उनीहरू आमा बाबाको सम्झनामा मात्र नभएर यथार्थमै पनि ठूलो आँखा भएको नै हुन्छन् । अर्थात् उ मरेर गएकोले मात्र ठूला आँखा भएको होइन , बाँचेकै भए पनि ठूला आँखा भएकै सिस हुनसक्थ्यो भनेर । विश्वास गर्न सकिन्छ । अनि उसमाथि नेपाली भाषाकै अर्को उखान पनि लागू हुनसक्छ –’ हुने विरुवाको चिल्लो पात ’ । स्व. मदन भण्डारी एकजना त्यस्तै कोटीको राजनेता थिए । ऊ मरेर गएकोले मात्र ‘ ठूला आँखा ’ भएको देखिएको होइन , जीवनकालमै भलै त्यो उसको जीवन काल अत्यन्त अल्प थियो । चिल्लो पात , गरेको बिरुवा देखिएको थियो । उसमा राजनीतिक जीवनका अल्प समयमा नै नेतृत्व कुशलता दूरदर्शिता स

म मरेको पल.................

म मरेको पल................. एका विहानै मेरो घरमा एकोहोरो शंखध्वनिले मेरो निद्रा टुट्यो । मेरै घरमा शंख बजेको, आफ्नै घरमा शंख बजिरहेछ तर मलाइ थाहा छैन कसको मृत्य भएको । खै कोही त्यस्तो विरामी परेको थाहा थिएन । तै पनि कसलाइ के भएछ भनेर अतालिँदै भर्याङबाट तल झरेँ , बुवा डाँको छोडेर रुँदै हुनुहुन्छ । म अवाक भएँ । अर्को तर्फ आमा पनि त्यसरी नै रुँदै हुनुहुन्छ । म झन अचम्ममा परेँ । समीर दाजु , ठूलोबुवाको छोरा पनि सबैलाइ फोन गर्नमा व्यस्त हुनुहुन्थ्यो । मेरा दाजुहरुलाइ डाक्दै हुनुहुँदो रहेछ । म छक्क परेर तल तुलसीको मठमा झरेँ , जहाँ लास राखिएको थियो । भट्टराइ माल्दाइ लास बाँधेर बोक्नलाइ बाँस तयार गर्दै हुनुहुन्थ्यो । त्यसलाइ छिचोलेर म अघि बढेँ । म अवाक भएँ , मसँग शब्द नै थिएन................. मेरो नै मृत्यु भएछ । आफ्नो मृत्यु आफैं हेर्दैछु । म जिउँदै छु मेरो लास कसरी त्यहाँ ? म मरेको होइन भनेर आमा भए ठाउँमा पुगेँ । आमाको कुममा समातेर मैले भने ‘ आमा म मरेको छैन , किन रुनु भएको । म त जिउँदै छु । ’ तर आमाको रोदन रोकिएन । आमाले मेरो कुरा सुन्न सक्नु भएनछ । फेरि बुवा तर्फ लागेँ । बुवालाइ प