Posts

म मरेको पल.................

म मरेको पल................. एका विहानै मेरो घरमा एकोहोरो शंखध्वनिले मेरो निद्रा टुट्यो । मेरै घरमा शंख बजेको, आफ्नै घरमा शंख बजिरहेछ तर मलाइ थाहा छैन कसको मृत्य भएको । खै कोही त्यस्तो विरामी परेको थाहा थिएन । तै पनि कसलाइ के भएछ भनेर अतालिँदै भर्याङबाट तल झरेँ , बुवा डाँको छोडेर रुँदै हुनुहुन्छ । म अवाक भएँ । अर्को तर्फ आमा पनि त्यसरी नै रुँदै हुनुहुन्छ । म झन अचम्ममा परेँ । समीर दाजु , ठूलोबुवाको छोरा पनि सबैलाइ फोन गर्नमा व्यस्त हुनुहुन्थ्यो । मेरा दाजुहरुलाइ डाक्दै हुनुहुँदो रहेछ । म छक्क परेर तल तुलसीको मठमा झरेँ , जहाँ लास राखिएको थियो । भट्टराइ माल्दाइ लास बाँधेर बोक्नलाइ बाँस तयार गर्दै हुनुहुन्थ्यो । त्यसलाइ छिचोलेर म अघि बढेँ । म अवाक भएँ , मसँग शब्द नै थिएन................. मेरो नै मृत्यु भएछ । आफ्नो मृत्यु आफैं हेर्दैछु । म जिउँदै छु मेरो लास कसरी त्यहाँ ? म मरेको होइन भनेर आमा भए ठाउँमा पुगेँ । आमाको कुममा समातेर मैले भने ‘ आमा म मरेको छैन , किन रुनु भएको । म त जिउँदै छु । ’ तर आमाको रोदन रोकिएन । आमाले मेरो कुरा सुन्न सक्नु भएनछ । फेरि बुवा तर्फ लागेँ । बुवालाइ प...