Posts

Showing posts from February, 2023

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन २०७९ रञ्जु सिग्देल प्यानलको प्रतिबद्धतापत्र

Image
पूर्वको व्यावसायिक केन्द्रको रूपमा स्थापित हुँदै गरेको इटहरी उपमहानगरपालिकाभित्रका व्यवसायीहरू यतिबेला  चुनावी अभियानमा छौँ । आगामी २०७९ माघ २८ गते हुने निर्वाचनका सन्दर्भमा हाम्रा अवधारणा र प्रतिबद्धता तपाइँहरू माझ प्रस्तुत गरेका छौँ । उद्योग वाणिज्य सङ्घ इटहरी, उद्योगी व्यवसायीहरूको हक, हित र व्यवसाय प्रवद्र्धनका लागि स्थापित संस्था हो । हाम्रा अग्रज उद्योगी व्यवसायीहरूले व्यापार प्रबन्ध समिति हुँदै झोलाबाट सुरु गरी आज वृहत उद्योग वाणिज्य सङ्घ निर्माण गर्न अतुलनीय योगदान गर्नुहुने यस सङ्घका सम्पूणर् अग्रज सदस्यज्यूहरू प्रति आभार व्यक्त गर्न चाहन्छौँ । हामीले निर्वाचनको सन्दर्भको कुरा गर्दा गत २०७६ को निर्वाचनबाट निर्वाचित समितिको प्रतिबद्धता र कार्यान्वयन अवस्थाको समीक्षा गर्नु आवश्यक छ ।  उक्त अवधिमा उद्योग वाणिज्य सङ्घ इटहरीले व्यवसायीहरूको हितमा उल्लेखनीय के कार्यहरू गर्न सक्यो ? पुनः त्यसै समितिमा कार्यरत व्यक्तिहरूले विभिन्न नारा दिएर चुनावी मैदानमा आउँदा व्यवासयीहरूले प्रश्न गर्ने कि नगर्ने ? अहिले मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेको छ ।  कोरोनाका कारणबाट व्यवसाय थला परेको अवस्था